दफा ४२
क्षतिपूर्ति शुल्क बुझाउनु पर्ने दायित्व समाप्त भएको नमानिने
(१) जुन कसूरकासम्बन्धमा दफा ४१ बमोजिम क्षतिपूर्ति शुल्क बुझाउनु पर्ने हो, सो कसूरमा जरिवाना वाअन्य कुनै आर्थिक दायित्व समेत बेहोर्नु पर्ने वा पीडितलाई क्षतिपूर्ति दिन पर्ने भएमा पनिदफा ४१ बमोजिमको क्षतिपूर्ति शुल्क बुझाउनु पर्ने दायित्व समाप्त भएको मानिने छैन ।

(२) कसूरदारलाई भएको सजाय माफी, मुलतवी, परिवर्तन वा कम भएकोमा वाप्रचलित कानून बमोजिम सजाय छुट वा निलम्बन भएको अवस्थामा समेत दफा ४१बमोजिमको क्षतिपूर्ति शुल्क बुझाउनु पर्ने कसूरदारको दायित्व समाप्त भएको मानिनेछैन ।